नेविसंघद्वारा दैलेखमा सांकेतिक बिरोध प्रदर्शन

नेपाल विद्यार्थी संघले दैलेखमा सरकारविरुद्ध सांकेतिक बिरोध प्रदर्शन भएको छ। नेविसंघ केन्द्रीय समितिको निर्देशनमा आठबिस नगरपालिकामा लकडाउनको पुर्ण पालना गर्दै बिरोध प्रदर्शन गरिएको हो।

सिमानामा रोकिएका नेपालीहरुको उद्दार गर्नुपर्ने, बिवादास्पद अध्यायदेश फिर्ता गर्न, राहतबितरण अनियमिता बन्द गर्न नेविसंघले माग गरेको छ। 

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ सँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तय गरेको निरंकुशतन्त्रलाई पनि पराजित गर्नुपर्ने नेविसंघका आमन्त्रित केन्द्रीय सदस्य लोकेशप्रसाद आचार्यले जानकारी दिएका छन्।

‘सरकारको निकम्मापन र तानाशाही प्रवृतिले हामीलाई यस्तो अवस्थामा पनि घर बस्न दिएन,’ केन्द्रीय सदस्य लोकेश आचार्यले भने। बिरोध  प्रदर्शनमा नेविसंघका आमन्त्रित केन्द्रीय सदस्य आचार्यको नेतृत्वमा दैलेखका नेता सन्देश कठायत, टोपेन्द्र चन्द, प्रेम चन्द, पंकज शाही लगायतको सहभागिता रहेको थियो।
 

प्रकाशित मिति: : 2020-04-24 13:57:43

प्रतिकृया दिनुहोस्