काठमाडौंं उपत्यका कोरोना बिरामी मुक्त भएको छ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौंं उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् ।

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा  प्रधानमन्त्री ओलीले बताएका हुन् ।

उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् ।

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।

— K P Sharma Oli (@kpsharmaoli) April 24, 2020
प्रकाशित मिति: : 2020-04-24 11:20:55

प्रतिकृया दिनुहोस्