पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनााल्डोले इंग्ल्यान्ड, स्पेन र इटालीबाट व्यवसायिक फुटबल खेल्दा सबै महत्वपूर्ण सम्मान प्राप्त गरिसकेका छन्। तर, रोचक कुरा हालै प्रकाशित युरोपेली फुटबलको इतिहासमै सबैभन्दा सुसज्जित खेलाडीहरूको पंक्तिमा उनी अटाउन सकेनन्। उनी पहिलो रोजाईको सूचीमा मात्र होइन, अतिरिक्त खेलाडीको पंक्तिमा पनि अटाउन नसकेका हुन्।
विलियम हिलले युरोपको उत्कृष्ट ५ वटा लिगका खेलाडीलाई समावेश गरेर तयार पारेको रिपोर्टमा रोनाल्डोले स्थान नपाएका हुन्। यो टिममा स्थान नपाउने खेलाडीमा रोनाल्डोबाहेक अर्को महत्वपूर्ण डानी आल्भेस पनि परेका छन्। ब्राजिलियन स्टारले जितेको ४३ वटा युरोपको ट्रफीमा २८ वटा त उनको व्यक्तिगत सम्मान छ। उनीभन्दा कम सम्मान पाएका पूर्वबार्सिलोनाका तीन स्टारको नाम भने खेलाडीको सूचीमा समावेश गरिएको छ।
खेलाडीको सूची
गोलकिपर– जियानलुइगी बुफोन (इटाली)
डिफेन्डर– ग्यारी नेभिल (म्यानचेस्टर युनाइटेड), थियागो सिल्भा (एसी मिलान, पिएसजी),पाब्लो माल्दिनी (एसी मिलान), फिलिप लाहम(वायर्न म्युनिख),
मिडफिल्डर– आन्द्रेस इनिस्टा (बार्सिलोना), मार्को भेराटी (पिएसजी),पल स्कोल्स (म्यानचेस्टर युनाइटेड)
फरवार्ड– लिओनल मेसी (बार्सिलोना–राइट विङ), रायन गिग्स (म्यानचेस्ट युनाइटेड–राइट विङ), थोमस मुलर (वायर्न म्युनिख–सेन्टर)
अतिरिक्त
वायर्न म्युनिख– ओलिभर काहन(गोलकिपर), पिएसजी–माक्युनोस(डिफेन्डर), बार्सिलोना–सर्गियो बस्क्युट (डिफेन्डर), युभेन्ट्स–अलेसान्ड्रो डेल पियरो(फरवार्ड)