भारतको हरियाणा सरकारले पत्रकारहरुको १० लाख भारुको जीवन बिमा गरिदिएको छ ।
कोरोना भाइरसको महामारीकाबीच ज्यान जोखिममा राखी स्थलगत समाचार संकलन गर्ने पत्रकारहरुको हकमा बिमा लागू हुने हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले जानकारी दिए ।
चेन्नईको न्यूज च्यानलका २५ कर्मचारी पनि कोरोना ‘पोजिटिभ’ भएको पुष्टि भएपछि हरियाणा सरकारले यो निर्णय गरेको हो।
यसैबीच, दिल्लीका न्यूज च्यानलमा कार्यरत् सम्पूर्ण पत्रकारहरुको कोरोना परीक्षण अनिवार्यरुपमा गर्न भारत सरकारले सम्पूर्ण न्यूज च्यानलहरुलाई पत्राचार गरेको छ ।
यता मुम्बईमा ५३ जना पत्रकार कोरोना संक्रमित भएका छन्।