सरकारको डिजाइनमा 'अपहरण', 'सुपाडी' पूर्व प्रहरी प्रमुख खनाललाई : गौतम होटलमा खाजा, बाटोमा हाँसको छोयला

पहिलोपोष्ट

काठमाडौं

सविन ढकाल

 नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल भक्तपुरमा थिए। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय युवा नेता, नेकपा सांसद पूर्व मन्त्री महेश बस्नेत पनि सँगै। साथै थिए नेकपाकै सांसद किसान श्रेष्ठ।

प्रधानमन्त्रीको एकलौटी निर्णयमा मन्त्रिपरिषदबाट पास भएका दुई महत्वपूर्ण राजनीतिक अध्यादेश राष्ट्रपतिले हतारहतार पास गरिसकेको अवस्थामा यो भेट त्यत्तिकै जुरेको थिएन। राजनीतिमा भूकम्प ल्याउने गरी प्रधामन्त्रीले हानेका क्षेप्यास्त्रले सबैतिर तरङ्गित बनाइरहेको थियो। भक्तपुरमा खनाल र बस्नेतको भेटको तार पनि यसैसँग जोडिएको थियो। भक्तपुरमा रहे पनि उनीहरुको बारम्बार कुराकानी चाहिँ बालुवाटार र जनकपुरसँग जोडिइरहेको थियो। त्यसपछि उनीहरु कतै लागे।

यता गर्माइरहेको राजनीति सेलाउने मुडमा थिएन। प्रधानमन्त्रीले सबैको सात्तो लिएका थिए। नेकपाका नेताहरु नै अलमलिरहेका थिए - के भइरहेको छ?

त्यस्तै माहोल चर्किरहँदा समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुक स्टाटसबाट सोझै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्रीको अपहरण गरेको सनसनीपूर्ण खुलासा गरे।

प्रकाशित मिति: : 2020-04-23 14:19:16

प्रतिकृया दिनुहोस्