बन्दाबन्दीको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् ।
यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी रिहा भएको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए।
उनले लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरी बन्दी प्रत्यक्षीकरण, पक्राउ पूर्जी अनुमति, अभियोगपत्र दर्तालगायतका काम भइरहेको बताए। अदातलमा लकडाउन अवधिभर १० अभियोगपत्र दर्ता भएको, दुई अवधि थप र दुई जरुरी पक्राउ पूर्जी जारी भएको अदालतले जनाएको छ ।