राजपा र समाजवादी पार्टीका नेताहरु दर्ता गर्न आयोगमा, साँझसम्म सबै कुरा टुंगिने

बिएल संवाददाता

काठमाडाै‌ं

राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । 

बुधबार मध्यरातमा राजपा र समाजवादी पार्टी पार्टी मिलेर एक भएसँगै नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्। पार्टी एकता गरेर जनता समाजवादी पार्टी गठन भएको छ ।

जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले हिजोको सहमतिअनुसार नयाँ दल दर्ता आफू आयोग पुगेको बताए। दल दर्ता गर्न राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेता पुगेका छन् ।

उनीहरूले नयाँ पार्टी दर्ताको निवेदन दिइसकेका छन्।  

नयाँ पार्टीका नेता वीरेन्द्रकुमार ठाकुरले दल दर्ताको प्रक्रिया सुरू भइसकेको र साँझसम्म सबै कुरा टुंगिने बताए।
 

प्रकाशित मिति: : 2020-04-23 11:11:38

प्रतिकृया दिनुहोस्