दल दर्ता गर्न निर्वाचन आयोग जाँदै जनता समाजवादी पार्टी

बिएल संवाददाता

काठमाडाै‌ं

जनता समाजवादी पार्टी बिहीबार दल दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ। राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकताको सहमति भएको थियो।

नेता केशव झाले भिडभाड नहुने गरी दल दर्ताका लागि जाने तयारी भएको र त्यसका लागि आयुक्तहरुसँग परामर्श गरेको बताएका छन्।

नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। 

पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बिचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भए अनुसार बिहीबार दल दर्ताका लागि जाने तयारी भएको हो।

सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन्। दुवै दलसँग संघीय संसदमा १७–१७ जना सांसद रहेका छन्।

समाजवादीका कम्तिमा सातजना सांसदले एक–दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकताका लागि तयार भएका हुन्।

प्रकाशित मिति: : 2020-04-23 09:46:17

प्रतिकृया दिनुहोस्