डा. रामदेव पण्डित
तराईदेखि पहाडसम्म करिब ३,००० फिटको उचाइसम्म पाइने वनस्पति हो निम। निममा व्यापक औषधीय गुण भएकाले यो स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक हुन्छ।
तर, यसको तितो स्वादले गर्दा धरैले यसको सेवन गर्न मन पराउँदैनन्। खासमा औषधिको कहिले पनि स्वाद हेर्ने होइन। औषधी उपचारको लागि हुन्छ, जिब्रोको स्वादका लागि होइन।
संस्कृतमा महानिम्ब भनिने निमलाई हिन्दीमा बकाइनो भनिन्छ। भारतीय महाद्वीपको मौलिक वनस्पति निमलाई इन्डियन इलियाक भनिन्छ। निमको वैज्ञानिक नाम मेलिया एजाडिरिक्था हो। निमको अन्य प्रजातिहरु प्नि हुन्छन्।
निमको पात, जरा, बोक्रा, फलको गुदी औषधिका रुपमा प्रयोगमा ल्याइन्छ। आयुर्वेदमा निमलाई आर्शोघ्न (पाइल्स नासक) वर्गको औषधिअन्तर्गत राखिएको छ। तितो र टर्रो रसको कारण यो कफ र पित्तलाई घटाउने र ताप उत्पादक हुने भएकाले यसलाई बात बढाउँछ।