वैदेशिक रोजगारीमा ज्यान गुमाएकालाई नेपाल ल्याउन नसकिएपछि त्यही देशमा दाहसंस्कार

देशसञ्चार

काठमाडाै‌ं

काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकालाई नेपाल ल्याउन नसकिएपछि वैदेशिक रोजगार  बोर्डले परिवारलाई ‘मनाएर’ मृतकको अन्तिम दाहसंस्कार सोही देशमा गर्न पहल थालेको छ। त्यसका लागि बोर्डले मृतकका परिवारलाई ‘काउन्सेलिङ’ गरिरहेको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउन सुरु भएयता  काम गरिरहेकै देशमा चार जनाको दाहसंस्कार गरिएको छ। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले लकडाउनका कारण शव ल्याउन तत्काल असम्भव भएपछि परिवारलाई ‘काउन्सेलिङ’ गरेर उतै दाहसंस्कार गर्न पहल सुरु गरिएको बताए।

‘ज्यान गुमाएकाको शव हस्पिटलमा राखिरहँदा पनि समस्या हुन्छ। लकडाउन कहिले खुल्छ भनेर यकिन गर्न सकिने अवस्था छैन। लकडाउन नखुलिकन शव ल्याउन सकिँदैन। त्यसैले हामीले परिवारलाई मनाएर भरसक उतै दाहसंस्कार गर्न पहल गरिरहेका छौँ’, श्रेष्ठले भने।

प्रकाशित मिति: : 2020-04-23 06:52:43

प्रतिकृया दिनुहोस्