प्रधानमन्त्रीको आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री यादव अपहरण भएको दाबी

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेको छन् । 

बुधबार साझ आफ्नो फेसबुकमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा डा. यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरेका हुन् । उनले अपहरण गर्नकाे लागि काठमाडौंबाट प्रहरी टोली पठाएकाे आराेप लगाएका छन्

उनले लेखेका छन्, 'आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौंतिर लगेको छ!' 

प्रकाशित मिति: : 2020-04-22 20:48:01

प्रतिकृया दिनुहोस्