ट्रम्पद्धारा किमको स्वास्थ्य लाभको कामना

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।  
 
स्थानीय समयानुसार मंगलबार उनले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन्। 

‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उहाँको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु, ट्रम्पले भनेका छन्। 

दैनिक एक कार्यक्रममा मंगलबार उनले किमसँग आफ्नो निकै राम्रो सम्वन्ध बन्दै गएको पनि स्मरण गरेका छन्। 

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि उनले यस्तो बताएका हुन्।

नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित थिए।  

उनी त्योभन्दा चार दिन अगाडी एउटा सरकारी बैठकमा भने देखिनु भएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन्। उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन्। 

योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन्। 

उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होईन, एक सरकारी उच्च अधिकारीले भने।  

अध्यक्षका प्रवक्ता काङ मिन सेओकले पनि उत्तर कोरियामा कुनै नयाँ कुरा नभएको दाबी गरे।

उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकाले पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले बेला बेलामा सूचताप्रतिको अन्यौलता सृजना हुने गर्दछ।
 

प्रकाशित मिति: : 2020-04-22 20:31:08

प्रतिकृया दिनुहोस्