अध्यक्षद्वयले बालुवाटारमा बोलाए नेकपा सांसद, छुट्टाछुट्टै छलफल जारी

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदका सांसदहरुसँग छलफल थालेका छन्। 

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र संबैधानिक परिषद (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ लाई संशोधन अध्यादेश जारी गरेपछि विवाद भइरहेका बेला कोरोना संक्रमणविरुद्धको कामलगायतका बारेमा प्रधानमन्त्री र पार्टी अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन्।

प्रदेशगत रुपमा नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर पछिल्लो अवस्थाबारे सांसदहरुका सुझाव र तल भइरहेका कामहरु बारेमा जानकारी लिने काम भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

थापाका अनुसार सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई छलफलमा राखिएको छ।

प्रदेशगत रुपमा काठमाडौँमा उपलब्ध दुवै संसदका सांसदसँग भिन्दा भिन्दै समयमा दुवै अध्यक्षले परामर्श गर्ने जनाइएको छ। सांसदसँगको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सबै सांसदलाई एकैपटक राखेर बैठक गर्दा धेरै ठूलो भिड हुने भएकाले अलग अलग प्रदेशबाट बोलाइएको उनले बताए । छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन्।

प्रकाशित मिति: : 2020-04-22 12:51:56

प्रतिकृया दिनुहोस्