विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।
तर उनले चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको दाबी गरे ।
चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।
संयुक्त राज्य अमेरिकामा मंगलबार २,८०४ अमेरिकीको ज्यान कोरोनाले लिएको छ। यो संख्या अमेरिकामा कोरोना भाइरस संक्रमणबाट एकै दिन मर्नेको सबैभन्दा ठूलो संख्या हो।
यो साताको सुरूमा आइतबार १,५६१ को मृत्यु भएकोमा अब कोरोना प्भाव कम हुने रहेछ भनेर उत्साहित भएका अमेरिकी सोमबार १,९३९ को मृत्यु भएकोमा के हो के हो भन्ने अवस्थामा पुगेका थिए। तर, मंगलबारको मृत्यु संख्याले उनीहरूका नौनारी गलेका छन्।
आजको यो मृत्यु संख्यासँगै अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ४५,३१८ पुगेको छ।