नेपाल पत्रकार मञ्चद्वारा सदस्यहरु माक्स वितरण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल पत्रकार महासंघको एसोशियट शाखा नेपाल पत्रकार मञ्चले आफ्ना सदस्यहरु क्रियाशील रहेका विभिन्न सञ्चार माध्यममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन माक्स वितरण गरेको छ । 

आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अग्रभागमा क्रियाशील हुने पत्रकारहरुको सुरक्षाका निम्ति विभिन्न उपायहरु अप्नाउनुपर्ने अवस्था भएका कारण पत्रकारहरुलाई माक्स वितरण गरिएको नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले बताए। 

आफ्ना सदस्यहरु क्रियाशील रहेका विभिन्न सञ्चार माध्यमहरु मध्यान्ह दैनिक, क्यापिटल एफ.एम., हाम्रो काठमाडौं, नेपाल फ्ल्यास लगायका विभिन्न सञ्चार प्रतिष्ठानमा पुगेर मञ्चका अध्यक्ष युवराज विद्रोही, महासचिव विमलकुमार थापा तथा सचिव प्रितमसागर कर्माचार्यले उक्त माक्स वितरण गरेका हुन्। 

यसअघि उक्त माक्स पूर्व मन्त्री एकनाथ ढकालको सहयोगमा नेपाल पत्रकार मञ्चका केन्द्रीय सदस्य जितेन्द्र श्रेष्ठले मञ्चलाई हस्तान्तरण गरेका थिए।
 

प्रकाशित मिति: : 2020-04-21 22:07:06

प्रतिकृया दिनुहोस्