केन्द्रीय एडिलेडको सुनसान सडकमा सीसीटीभी क्यामेरामार्फत एक कंगारू दौडिदै गरेको क्षणहरू क्याच भएका छन् । अस्ट्रेलियाका प्रहरीहरुले उल्लेख गरेअनुसार कंगारू खाली सहर देखेर जंगलबाट प्रवेश गरेका हुन्।
कंगारूले खैरो फर कोट लगाएको थियो र एडिलेड सेन्ट्रल बिजनेस डिस्ट्रिक्टको मुटुमा लुकिरहेको थियो।
दक्षिण अस्ट्रेलिया प्रहरीले सोमबार यसको भिडियो समेत पोष्ट गरेको छ। साथसाथै पोष्टमा यो पनि भनिएको छ,‘कंगारू पछिल्लो पटक पहाडको पश्चिम भागमा देखिएको थियो। जुन पश्चिम अस्ट्रेलिया राज्यको राजधानीमा पर्छ।’ फुटेजमा देखाइए अनुसार कंगारू एक आउदै गरेको कारदेखि पनि जोगिएर दौडिएको देख्न सकिन्छ।
एक अन्तर्वार्तामा प्रहरीले मिडियाका पत्रकारलाई भने,‘हामी कहिलेकाहीँ उपनगरहरूमा कांगारुहरू भेट्छौं तर कहिले पनि सहरको मध्य भागमा देखेका थिएनौं। सामान्यतया तिनीहरु कारको अगाडी आइरहेका हुन्छन ।’
विश्वभरि देखिएको रिपोर्टहरु अनुसार यो कोरोना भाइरस माहामारीको लकडाउनका हप्ताहरुमा विभिन्न वन्यजन्तुहरु शहरी र व्यावसायिक क्षेत्रमा प्रवेश गरेको भिडियोहरु संकलन भएको छ।
यो हुनुको मुख्य कारण सडकमा मानिसहरु र कुनै स्वर नभएकोले मानिन्छ। जसले गर्दा तिनीहरू अझ थोरै खोजी र सहरमा प्रवेश गर्न हिम्मत गर्दछन् ।