‘अरुलाई घरमा थुनेर राजनीतिक खिचातानी निकृष्टता’

देशसञ्चार

काठमाडाै‌ं

कोरोना कहरले आक्रान्त बनेका बेला सरकारले एकाएक राजनीतिक दल फुटाउन खुकुलो पार्ने गरी अध्यादेश ल्याएपछि मुलुकमा गम्भीर राजनीतिक हलचल मच्चिएको छ ।

प्रधानमन्त्रीको यो निर्णयले सत्तारुढ नेकपामा त भुइँचालो नै गएको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेससहित मधेशवादी दलमा पनि गम्भीर कम्पन उत्पन्न भएको छ ।

जनताले कोरोनाबाट बच्न गुहार मागिरहेका बेला कुन दललाई कसरी फुटाउने चालबाजीमा लागेपछि प्रधानमन्त्री ओली आलोचनाको घेरामा परका छन् । यसमा राष्ट्रपति विद्या भण्डारीको छरितो साथलाई झनै रहस्यमयी रुपमा हेरिएको छ ।

 

प्रकाशित मिति: : 2020-04-21 10:41:36

प्रतिकृया दिनुहोस्