कांग्रेसको छत्तिसे र चौहत्तरे नेकपामा दोहोर्‍याउँदै ओली

सेतोपाटी

काठमाडौं
राधेश्याम अधिकारी। फाइल तस्बिर।

सरकारलाई लिएर हामीजस्ता मान्छेहरू भुलभुलैयामा रहेछौं।  सरकारले बहुत अडान लिएर काम गर्दैछ भन्ने सोचिरहेका थियौं, के को लिन्थ्यो संविधानलाई भत्काउने काम  पो धमाधम गरिरहेको रहेछ।

हामी एकपटक चुनिएको सरकार पाँच वर्ष चल्न पाउनुपर्छ भन्ने मान्छेहरू हौं। यो सरकार पाँचै वर्ष चलोस् भनेर सार्वजनिक र निजीस्तरमा 'डिफेन्ड' गरिरहेका हुन्छौं। अहिले नेकपाले चुनाव जितेपछि  आत्तिएका कांग्रेस नेतालाई कांग्रेसजस्तो पार्टी पाँच वर्ष धैर्यसँग बाहिर बस्नुपर्छ भनेर हामीले सम्झायौं।

तर सरकारले जनताबाट अनुमोदन भएरमात्र सत्तामा जाने हो भन्ने मान्छेहरूलाई समेत चैनले बस्न नदिने भयो।

आफूले व्यवस्थापन गर्न नसकेपछि तानाबाना लिएर आर्यघाटमा जाने राणाकालीन सोच अनुसार अहिलेसम्मकै हाम्रो राजनीति चलिरहेको छ। आफूले व्यवस्थापन नगर्ने, सबै कुरा भर्सेलामा गए पनि सत्तामा टाँसिरहन खोज्ने प्रवृत्तिले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने कसैले अन्दाज गर्ने सक्ने कुरा होइन। सरकारका पछिल्ला कदमले त्यो अवस्थामा हामी पुग्यौं भने हुन्छ।

प्रकाशित मिति: : 2020-04-21 09:44:35

प्रतिकृया दिनुहोस्