देउवाले भने- अहिले अध्यादेश ल्याउनु इतिहासकै दु:खद

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले आज जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना भएको जिकिर गरेको छ।

सभापति शेरबहादुर देउवाको हस्ताक्षरित विज्ञप्ति सोमबार साँझ सार्वजनिक गर्दै कांग्रेसले कोरोना भाइरसको महामारी फैलिरहेका बेला अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु ‘बेमौसमी बाँसुरी’ भएको उल्लेख छ।

‘नेपाली कांग्रेस अलोकतान्त्रिक एंव संविधानको मर्मविपरितका अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रूपले केन्द्रीत हुन सरकारलाई अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2020-04-20 21:03:25

प्रतिकृया दिनुहोस्