खाडी मुलुकमा यस्तो छ कोरोनाको अवस्था

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ कारण यो समाचार तयार पार्दासम्म १ लाख ६४ हजार १ सय ९४ जनाको मृत्यु भएको छ। भने हालसम्म विश्वभर २३ लाख ८७ हजार ५ सय २ जना मानिसमा कोरोना संक्रमण भएको र ६ लाख १३ हजार ४ सय ४३ जना मानिस उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ। १६ लाख ९ हजार ८ सय ६५ जना उपचाररतमध्ये ५४ हजार २ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ।

वैदेशिक रोजगारीको शिलशिलामा धेरै नेपाली रहेको खाडी मुलुक साउदी अरबमा हालसम्म कोरोनाको कारण ९७ जनाको मृत्यु भइसकेको र आजमात्र ५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म त्यहाँ ९ हजार ३ सय ६२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

त्यस्तै अर्काे खाडी मुलुक कतारमा कोरोनाको कारण हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । भने ५ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको र आज मात्र ४४० जना कोरोनाका नयाँ बिरामी देखा परेका छन् ।

त्यस्तै युनाईटेड अरब इमेरेट्स युएईमा ४१ जनाको ज्यान गएको छ भने ६७८१ जना संक्रमित फेला परेका छन्।

मलेसियामा हालसम्म ५ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । भने ८४ जना नयाँ संक्रमित आज मात्र फेला परेका छन् । त्यस्तै ८९ जना मानिसहरुले कोरोना कै कारण ज्यान गुमाइसकेका छन् ।

यस्तै एसियाली कुवेतमा ७ जनाको ज्यान गएको छ भने १९१५ जना संक्रमित छन्। यस्तै १८ सय संक्रमित रहेको बहराइनमा ५३ जना नेपाली संक्रमित छन्।

प्रकाशित मिति: : 2020-04-20 00:05:17

प्रतिकृया दिनुहोस्