काठमाडौं छाडेर पूर्व जाने यात्रुलाई भक्तपुरबाट खाना र गाडीको बस्दोबस्त 

काठमाडौं उपत्यका छाडेर पूर्वतर्फ जाने पैदल यात्रुलाई सांसद् महेश बस्नेतको अगुवाईमा निःशुल्क खाना खुवाई गाडी चढाएर पठाइदिन सहयोग गरेको छ । 
भक्तपुर क्षेत्र नम्बर २ का सांसद् पूर्वमन्त्री महेश बस्नेत, स्थानीय वडा अध्यक्ष किरण थापासहितको टोली आइतबार दिनभरि नै यस कार्यमा क्रियाशील भएको हो । आइतबार करिब पाँच सय जनालाई खाना खुवाएर गाडी चढाई पठाउने सांसद् महेश बस्नेतले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेको आइतबार २७ दिन पूरा भएको छ । यसबीचमा रातारात भोकभोकै हिँडेर एक हजार किलोमीटरसम्म पैदल यात्रा गर्ने गरी काठमाडौँ छाड्नेको संख्या बढेपछि उनीहरुलाई सहयोग गर्न थालिएको हो ।  

बिएल नेपाली सेवासँग कुरा गर्दै सांसद् बस्नेतले भने, “हामीले गट्ठाघर, कौशलटार, जगाते गरी तीन ठाउँमा नियमित खाना खुवाउने व्यवस्था गरेका छौँ । आज सल्लाघारी र पलासेमा पनि खाना खुवाउयौँ, यो दुई ठाउँ चाहिँ अस्थायी हो । ”

“अरनिको राजमार्ग र बीपी राजमार्ग हुँदै जाने पैदल जाने यात्रुलाई हामी खाना खुवाउँछौ, मेशिनबाट ज्वरो चेक गर्छौँ”, बस्नेतले भने, “काठमाडौं उपत्यकाबाट पूर्वतर्फ विभिन्न सन्दर्भमा जाने गाडीहरुलाई भनेर कुनैमा दुई जना, कुनैमा तीन जना, कहीँ पाँच जना गरेर हालेर पठाएका छौ । ३५० जनाजति आज पठाइसकेका छाैँ । बेलुकासम्म अरु दुई सय जति पठाउछाैँ । हिजो १७४ जना पठाएका थियौँ ।”

कोही पनि भोकै बस्नु नपरोस् र पैदल जानु नपरोस् भनेर आफूहरु क्रियाशील भएको उनले बताए । भने, “अहिलेसम्म जम्मा भएका मान्छे १४० जति छन् । अब आज दुई सय जना जति पठाउने क्रममा छौं । म यहाँ फिल्डमै छु ।”

यो अभियानमा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का  वडाध्यक्ष किरण थापा, स्थानीय प्रहरी वृत्तका नेपाल प्रहरीका डीएसपी चक्रराज जोशी, सिपाडाेल परोपकार समाजका संरक्षक बालकृष्ण सापकोटा, अध्यक्ष मणिरत्न बज्राचार्यलगायतका व्यक्तिहरु उक्त कार्यमा खटिएको सांसद् बस्नेतले जानकारी दिए । 

खान र जान सहयाेगबारे सा‌सद् बस्नेतले सम्पर्क व्यक्तिकाे नाम सहित आफ्नाे फेसबुक पेजमा यस्ताे लेखेका छन् -

२०७७-०१-०७ आज बाट भक्तपुरका चार ठाउँमा खानाको ब्यबस्था सुरु भएको छ। मानव सेवा समाज झौखेलले २० दिन देखि नै मानवीय आस्था नेपाल संग सहकर्य गरेर सडकमा अलपत्र परेका जेष्ठ नागरिक, गरिब तथा असाहाय नागरिक हरुलाई खाना खुवाई रहेको छ। जस्को नेतृत्व गर्ने बहिनी सुमित्रा चौलागाईं लाई धन्यवाद छ।

त्यस्तै २०७७-०१-०६ हिजो देखीनै सिपाडोल परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्य र संरक्षक बालकृष्ण सापकोटाले जगाती प्रहरी बृत संगकाे सहकार्यमा थर्मल गनको माध्यम बाट पैदलयात्रीहरु तापक्रम परिक्षण गरि, सेनिटाईज गरि खाना खुवाउन थालिएकाे छ। आजबाट यो अभियानमा मानबीय आस्था नेपालकाे पनि सहकार्य रहनेछ ।
त्यस्तै २०७७-०१-०५ अस्ति देखिनै अलपत्र परेका यात्रुहरुलाई आवासको समेत ब्यबस्थापन नेपाल प्रहरी एस पी सबिन प्रधान,डि एस पी चक्र राज जोशी र सुर्य बिनायक न पा वार्ड नं ८ का अध्यक्ष किरण थापाको सहकार्यमा हुँदै आएको छ, साथै अलपत्र यत्रुहरुलाई गाडिको ब्यबस्था गरि भक्तपुर बाट घर पठाइएको छ।

२०७७-०१-०७ आज बिहान बाट घट्ठाघरको बर्गर हाउसमा नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलका सन्चालक सदस्य, जिल्ला खेलकुद बिकास समिती भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वा तथा द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन गठ्ठाघरका सन्चालक वसन्त लामा, सुनिल बज्राचार्य, दिपक बोहोराको सम्युक्त पहलमा नगरीक अस्पतालकि डा.मोनिषा कार्की र प्रहरी बृत मध्यपुर थिमीको डि एस पी शान्तिराज कोइरालाको सहकार्यमा स्थानिय क्षेत्रमा रहनु भएका अति बिपन्न बर्ग, बाटोमा हिडडुल हुने बटुवाहरु तथा हस्पिटलमा आउनुहुने बिरामीका आफन्त, कुरुवा हरुलाई लक्षित गरि लकडाउनको अबधि १५ गते सम्म बिहान ११ बजे देखि १ बजे सम्म नागरिक हस्पिटलको अगाडि खानाको ब्यबस्था गरिएको छ।

त्यस्तै आजै बाट पलाँसेमा सुर्यबिनायक नपा वार्ड नं ९ का अध्यक्ष उपेन्द्र के सी, सदस्य बिनय महत, समाजसेवी कमल महत, सबिन महत, ज्ञानेन्द्र खत्री र मानवीय अस्था नेपालको सहयोगमा खानाको ब्यबस्थापन गरिएको छ।

सुर्यबिनायक पाण्डोबजार र पँलासेमा कपडा बैंक स्थापना गरिएको छ । दाता महानुभाबहरुले लत्ता कपडा र अन्य सहयोग गर्न चहानु हुन्छ भने बिनय महत, श्री कुमार रंजित, उमेश बस्नेत र तेहा कार्यरत प्रहरीहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ । सधैं खुल्ला रहने कपडा बैंक बाट गरिब असाहायहरुले जुनसुकै बेला कपडा तथा अन्य सामाग्री लैजान सक्नु हुनेछ सहयोग दिने र लिनेको नाम सार्बजनिक गरिने छैन।

मानबीय आस्था निपालको तर्फबाट बितरण गरिदै आयको खाध्य समाग्री, २०७७-०१-०६ गते सुर्यबिनायक वार्ड नं ६ सुर्यबिनायक तथा पाण्डो बजार क्षेत्रमा बसाेबास गर्नेहरुलाई बितरण गरियो। जिल्ला खेल्कुद विकास समितिको सहकार्यमा प्रहरी लाई थर्मल गन र सेकुरिटी ज्याकेट बितरण गरिएको छ।

यो अभियान र स्वास्थ्य सामाग्री बितरणको कार्य निरन्तर जारी छ। नेपाल कम्युनिष्ट पार्टि (नेकपा) भक्तपुर अध्यक्ष बचन देउजा, मानविय आस्था नेपाल अध्यक्ष श्री कुमार रंजीत, उपाध्यक्षहरु उमेश बस्नेत, राम प्रसाद मानन्धर, प्रकाश सैंजु, कोषाध्यक्ष शिव अवाल र मेरो निजि सचिवालयका दिनेश थापा, मनकराम थापा, दिपेश खड्का, अर्जुन खतिवडा, रबिन थापा, नरेश रंजित, बि कि साहु श्रेष्ठ, जयराम राउत लगायतको टिम निरन्तर लागेको छ।

गठ्ठाघरको लागी सम्पर्क नं:
श्री भक्त कासिछ्वा ९८५१०१६३८४
सुनिल बज्राचार्य ९८५१०६६२६३

जगातीको लागि
किरण थापा ९८५१०८१८७६
बालकृष्ण सापकोटा ९८५१०७९४०८
मणि रत्न बज्राचार्य ९८४१४३००७८

पलांसेको लागि
उपेन्द्र के सी ९८५१०४९०५०
बिनय महत ९८४१३८२५६०
कमल महत ९८४१९८७०२२

मानव कल्याण समाज: ९८४५६३७०३७

समग्र सम्पर्कको लागी
दिनेश थापा ९८४१११९५९९
श्रीकुमार रञ्जित ९८४१३१५५७४
उमेश बस्नेत ९८५१०५७८३४
रामप्रसाद मानन्धर ९८४१२२८२६०
शिव अवाल ९८५१०९१५९०

 

प्रकाशित मिति: : 2020-04-19 18:54:13

प्रतिकृया दिनुहोस्