निगमले एकैपटक गर्‍याे ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज (सूचीसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । 

विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो ।

निगमको शुक्रबार एक सूचना जारी गर्दै  ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ । जसमा सैपाल ग्यास उद्योग अत्तरीया कैलाली, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङको अनुमति पत्र भने खारेज भएको छैन ।

बाँकी ५० उद्योगले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको र अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको ठहर गर्दै तिनीहरुको निर्माण र सैद्धान्तिक सहमति खारेज गरिएको जानकारी दिइएको छ ।

अनुमतिपत्रमा उल्लेख भएअनुसार समय सीमाभित्र ग्यास उठाउने गरी पीडीओ लिन नआएका उद्योगको अनुमतिपत्र खारेज भएका निगमले जानकारी दिएको छ ।

अहिले खारेज भएका उद्योगहरुले २०७४ माघ १४ पछि विभिन्न मितिमा अनुमतिपत्र पाएका थिए ।

यी हुन खारेज भएका उद्योग

प्रकाशित मिति: : 2020-04-19 09:23:23

प्रतिकृया दिनुहोस्