विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) बाट २३ लाखभन्दा धेरै संक्रमित भएका छन् ।
२३ लाख २५ हजार तीन सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा विश्वका विभिन्न देशमा ७६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ ।
एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।