देश संकटमा छ, पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी खोइ ?'

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
 मानिसले दु:ख र आपत्तविपद्‌मा भगवान सम्झन्छन्‌। यतिखेर विश्‍वभर कोरोना भाइरसको त्रास छ। सबैजनाले आ-आफ्ना धार्मिक सम्प्रदायका भगवानलाई सम्झिरहेका छन्। कसैले भजन गरेर त कसैलै प्राथना गरेर भगवानलाई पुकारिरहेका छन्।  नेपाललाई पशुपतिनाथले रक्षा गरेको मुलुक भनेर चिनिन्छ। पशुपतिनाथ विश्‍वभरका हिन्दुहरुका आराध्यदेव पनि हुन्। नेपालकै सबैभन्दा बढी सम्पत्ति भएको मठ-मन्दिरमध्ये पशुपतिनाथ पनि एक हो। मुलुकलाई संकट परिरहेका बेला सबैले भगवानलाई नै पुकार्ने हुन्।

केही गर्दा पार नलागेपछि मानिसहरु भगवानकै शरणमा पुग्छन्। भगवानको शरणमा पुग्दा मानिसहरु आफ्नो क्षमता अनुसारको भेटी चढाउँछन्। भगवानको नाममा चढाइएको भेटी आखिर कहाँ जान्छ? नेपालका धेरै मठमन्दिरमा चढाइने भेटीबारे यस्तै प्रश्‍न उठ्छ। पशुपति क्षेत्र विकास कोषसँग यतिखेर नगद र जिन्सी सामग्रीसहित अर्बौं रुपैयाँ बराबरको सम्पत्ति छ। देशले संकट र अभाव दुवै खेपिरहेको छ। राष्ट्रपति कार्यालयदेखि सांसद विकास कोषबाट सरकारको सञ्चित कोषमा रकम फिर्ता भइरहेको छ।  
 

प्रकाशित मिति: : 2020-04-19 07:56:58

प्रतिकृया दिनुहोस्