नेपाली वैज्ञानिक महावीर पुनले अब पीपीइसँगै फेस भाइजर निःशुल्क उपलब्ध गराउने भएका छन्।
फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेस भाइजर समेत दिने पुनले बताएका हुन।
उनले फेसबुकमा लेखेका छन्, ‘अबदेखि राष्ट्रिय आविष्कार केन्द्रले डाक्टरहरु र नर्सहरुको सुरक्षाको लागि पीपीइको गाउन बाँड्दा मुख छोप्ने कभर अर्थात भाइजरहरु पनि दिइनेछ।
यस्तै उनले उक्त फेसियल भाइजर कभरहरु प्रोटेक्ट नेपालले बनाएको बताएका छन्। उनले, ‘प्रोटेक्ट थ्रीडी प्रिन्टिङ, इन्जेक्शन मोडलिङ, सीएनसी लेजर लगायत विभिन्न मेशिनहरु प्रयोग गरेर बनाएका हौं।’
यी सबै काम प्रोटेक्ट नेपालका संयोजक मेकानिलक इन्जिनियर रामचन्द्र थापा र डा. रोशिना थापाले बनाएका हुन्। उनीहरुले आफ्नै स्थानीय स्रोत सामग्रीहरुबाट फेसियल भाइजर बनाएर आविष्कार नेपाललाई दिएका छन्।
फेसियल भाइजर कसरी बन्छ भन्ने बारे उनीहरुले आफूले बनाएको भिडियो समेत पोस्ट गरेका छन्।
याे पनि
महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई (भिडियो)
महावीर पुनले जिम्मा लिएको डाक्टरको पीपीई तयार, आजदेखि डेलिभरी (भिडियाेसहित)