त्यसैले त तिमी, हामी सबैको महावीर

महावीर पुन दाइमा समर्पित

त्यसैले त तिमी

हामी सबैको महावीर ।

जस्तो सुकै ठूलो आपत

दु:ख कष्ट पर्दा पनि।

बिचलित हुन्नौ कहिल्यै

महासंकट आउँदा पनि।।

कस्तो जीन लिई आको

लिन्नौ कहिल्यै मनमा पीर।

त्यसैले त तिमी

हामी सबैको महावीर ।।

राष्ट्रिय आविष्कार केन्द्र खोली

प्रविधिको बिगुल बजायौ।

पिपिई सिलायौ

भेन्टिलेटर,कोरोना बुथ बन्यो

एरोसोल बक्स बनायौ।

स्वास्थ्यकर्मीलाई धेरै सहज बनायौ।

सत्ता छ मस्त निद्रामा

तिमी हिडेका छौ भिरैभीर।

त्यसैले त तिमी

हामी सबैको महावीर ।।

भ्रष्टाचारमा लिप्त छ सत्ता

जनता कोरोनाको कहरमा।

रातोदिन खटेका छौ

सहृदयी साथको भरमा।।

आलोचना सही दिने

तिमी सन्त कवीर।

त्यसैले त तिमी

हामी सबैको महावीर ।।

चाकरी गर्न जान्दैनौ

आश लोभ गर्दैनौ।

दान माग्छौ दानवीर सँग

सरकारको भर पर्दैनौ।।

अर्जुन दृष्टि राखी बढ

सफल हुनेछ तिम्रो तीर ।

त्यसैले त तिमी

हामी सबैको महावीर ।।

यो कविता खनालको फेसबुकबाट लिइएको हो।

प्रकाशित मिति: : 2020-04-18 10:37:27

प्रतिकृया दिनुहोस्