लकडाउनबाट वाक्क भएकी महिलाले सडकमै गरिन ‘न्यूड डान्स’

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको प्रभावले मानवीय गतिविधि प्रायः ठप्प छ। 

खेलकुद क्षेत्र,कलकारखनादेखि मनोरञ्जनमा यसको समेत प्रभाव पारेको छ।  यसले अर्थतन्त्रमा असर गरेको छ र यो प्रभाव लामो समय रहने जनाइएको छ। तर संक्रमण रोक्न वा फैलिन नदिनका लागि पनि लकडाउनसहितका उपाय अति प्रभावकारी देखिएका छन्।

लकडाउनका कारण अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन्। मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि।

अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा।

यसैबीच स्पेनकी एक महिलाले बिच सडकमा तमासा देखाएकी छन्।

सरकारले लगाएको लकडाउनलाई तोडेर घर बाहिर निस्किएकी ४१ वर्षीया महिलालाले बिच सडकमा सबै कपडा खोलेर तमासा देखाएकी हुन्।

लकडाउन तोडेपछि उनलाई प्रहरीले समातेर कोर्टमा पेस गरेको थियो। पुलिसले कोर्टमा पेस गरेपछि उनले झनै हंगामा मच्चाइन्।

उनलाई अदालतले केही जरिवाना तिराएर रिहा गरिदिएको थियो। रिहा भए लगत्तै उनी बिच सडकमा निस्किइन् र आफूले लगाएका सबै कपडा खोलेर ‘न्यूड डान्स’ गर्न थालिन्।

महिलाले लकडाउन तोडेर यस्तो हर्कत गरेपछि सबै अचम्ममा परेका छन्।  

यो समाचार तयार पार्दासम्म विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार भन्दा बढी पुगेको छ। यस्तै २२ लाख ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म अमेरिकमा कोभिड–१९ बाट ३६ हजार ९९७ जनाको ज्यान गइसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।

यस्तै अहिलेसम्म सात लाख एक हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको हो। इपिसेन्टर न्यूयोर्क सिटीमा मात्रै १३ हजार २०२ जनाको ज्यान गइसकेको छ।

अमेरिकापछि इटालीमा २२ हजार ७४५, स्पेनमा २० हजार दुई तथा फ्रान्समा १८ हजार ६८१ जनाको ज्यान गएको छ। 

स्पेनमा एक लाख ९० हजार, इटालीमा एक लाख ७२ हजार तथा फ्रान्समा एक लाख ४७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-04-18 10:22:53

प्रतिकृया दिनुहोस्