दृष्टिविहिनकाे प्रश्न: २५ किलाे चामल राहत दिने भनेर ५ किलाे मात्रै किन सरकार?

कोरोना भाइरस संक्रमणकाे डरले यति बेला देश ‘लकडाउन’ काे अवस्थामा छ। बितेकाे तीन सातायता दैनिक ज्यालादारी मजदुरदेखि किसानहरुकाे अवस्था कमजाेर बन्दै गइरहेकाे छ। सरकारले राहतकाे घाेषणा गरे पनि त्याे लक्षित वर्गमा राम्राेसँग पुग्न सकेकाे छैन। राहतले झन् ठूलाे पिडा तिनै मजदुरहरुलाई बनाएकाे छ, जाे बाच्नका लागि आफ्नाे थाकथलाे छाेडेर घर फर्किदै छन्। 

यसले सरकारले चलाएकाे राहत लक्षित ठाउँमा नपुगेकाे स्पष्ट हुन्छ। मानिसहरु १० दिन पैदल हिडेर भाेकभाेकै आफ्नाे गाउँ फर्किएका छन्। यी त सपाङहरुकाे कुरा भयाे। एकपल्ट साेचाै त अपाङ, त्यसमा पनि दृष्टिविहिनकाे अवस्था। कसरी उनीहरु ‘लकडाउन’ मा बसेका हाेलान? 

काठमाडाैंमा त्यस्ता थुप्रै दृष्टिविहिन छन्,जाे मागेर वा बाटाेमा गीत गाएर आफ्नाे पेट पाल्दै आइरहेका थिए। अहिले ‘लकडाउन’ काे अवस्थामा उनीहरुलाई काेराेनाभन्दा पनि पेटमा अन्न नपरेर मरिने डर भएकाे छ। सरकारी सेवामा कार्यरत केही दृष्टिविहिनकाे जिन्दगी त जेनतेन चलेकाे हाेला तर सडकलाई जिउने आधार बनाएकाकाे हकमा यति बेला राज्य माैन छ।

अमर वली, यस्तै दृष्टिविहिनहरुकाे प्रतिनिधि पात्र हुन्। जाे सुर्खेतकाे भेरी गङ्गा नगरपालिका–५ मा बसाेबास गर्छन्। स्नातकसम्म अध्ययनरत अमरले राेजगारी नपाएपछि २०७१ सालदेखि सडकलाई नै आफ्नाे बाच्ने आधार बनाउँदै आएका थिए। सडकमा गीत गाएर आफ्नाे पेट पाल्ने अमरलाई ‘लकडाउन’ले नराम्राेसँग थला पारेकाे छ। 

उनकाे जहान काठमाडाैंकाे कपनमा बसाेबास गर्दै आइरहेका छन्। गीत गाउने सिलसिलामा सुर्खेत पुगेका उनी उतै ‘लकडाउन’ मा परे। उनकाे श्रीमती र तीन छाेरा कपनकाे डेरामा छन्। उनी दिदी कहाँ सुर्खेतमा बसिरहेका छन्। काठमाडाैंमा उनकाे परिवारकाे बिचल्ली छ। खाध्यान्न सकिँदै गएकाे छ। उनले केही दिनअघि राहतकाे नाममा सुर्खेतमा दुई किलाे चामल प्राप्त गरेका थिए। 

‘म त यहाँ दिदी कहाँ केही हदसम्म ठिकै छु। काठमाडाैंमा परिवारकाे बिजाेग भएकाे छ। न त्यहा जान सक्छु। न घरमा पैसा नै छ,’ वलिले बिएल नेपाली सेवासँग भने। वलि जस्तै काठमाडाैंकाे काेटेश्वरमा काेठाभाडा लिएर ठूली आमासँग बस्दै आएका जुडाे खेलाडी आदित्य शेर्पा पनि आफूले राहत नपाएकाे बताउँछन्। 

उनकाे स्थायी ठेगाना दाेलखा गाैरीशंकर गाउँपालिका–६ हाे। उनी दश कक्षामा पढ्दै गर्दा आमाकाे देहवसान भएपछि ठूली आमासँग बस्दै आइरहेका छन्। हाल उनी काेटेश्वर क्याम्पसमा ब्याचलरमा अध्ययनरत छन्। 

उनी महामारीकाे अवस्थामा घर जान चाहन्छन्। तर, अन्य मजदुर जस्तै हिँडेर घर पुग्न उनी सक्दैनन्। ‘अरुकाे त यति बिच्लली भएकाे खबर सुन्छाै र पढ्छाै हामी। हाम्राे चिन्ता सरकारले के गर्ला?’ उनले भने। उनी जस्तै दाङ घर भएर हाल काठमाडाैंस्थित जोरपाटीको नारायणटारमा श्रीमती र छाेरीसहित बस्दै आएका नेत्र कोइरालाको पनि समस्या उस्तै छ।

उनीसँग निमावि तहको लाइसेन्स भए पनि कतै जागिर खान योग्य भएनन्। राज्यको आँखामा उनकाे नेत्र अयोग्य ठहरियाे।अन्तत सडकलाई नै बाच्ने आधार बनाएका नेत्र भन्छन्, ‘पाँच किलो राहत पाए। यसमा पनि धेरै सास्ती खेप्नु पर्याे। राहत लिन जाँदा दृष्टिविहिनलाई २५ किलो चामल दिने भनिएको थियो। भोलि आउनुस् पर्सि आउनुस् भनेर हप्ता दिन दाैडाए तर पाँच किलो चामल मात्र दिइयाे।’

उनले गाउँपालिका, नगरपालिका, वडा, उपमहानगरपालिका र महानगरपालिकालाई झुटो आश्वासन नदिन अनुरोध गर्छन्।कोइराला यति बेला राहत सकिए के गर्ने भन्ने चिन्तामा छन्। भन्छन्–‘राज्यले दिए त खाने हाे। नभए भोकै बस्ने बाहेक अर्काे विकल्प छैन।’

बाग्लुङ घर भएर हाल पोखरा नयाँ गल्लिमा डेरा गरेर बस्ने दृष्टिविहिन हरिबहादुर केसीको समस्या अलि फरक छ। उनी ग्यास नपाउँदा कतै चुलो  नबल्ने हाेकि भन्ने त्रासमा छन्। पोखरामा मसाज सेन्टरमा कार्यरत उनी आयल निगमलाई सुलभ रुपमा ग्यास बितरण गरिदिन आग्रह गर्छन्। 

 

प्रकाशित मिति: : 2020-04-18 15:31:00

प्रतिकृया दिनुहोस्