बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या ४९ पुग्यो, आजमात्रै २७ थपिए

बिएल संवाददाता

काठमाडाै‌ं

बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बहराइनस्थित नेपाली राजदूतावासले एक विज्ञप्ती जारी गर्दै शुक्रबार थप २७ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो।

यससँगै बहराइनमा भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ४९ पुगेको छ।

दूतावासले बहाराइनमा बसिरहेका नेपालीहरुलाई भाइरसको संक्रमण रोक्न त्यहाँको सरकार लगाए गरेका घोषणाहरु पूर्ण पालना गर्न समेत आग्रह गरेको छ।

हाल बहराइनमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाउँदै सकेसम्म घरबाटै काम गर्न प्रोत्साहन गरेको छ।

त्यसैल दूतावासले नेपालीहरुलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह समेत गरेको छ।

प्रकाशित मिति: : 2020-04-17 21:48:26

प्रतिकृया दिनुहोस्