स्वास्थ्यकर्मीलाई घरबाट निकालेर जितिँदैन कोरोनाविरुद्धको युद्ध

दक्षिणबाट मानिस छिरिरहे नेपाललाई अझै गाह्रो हुन्छ

थाहा खबर

काठमाडौं

बैशाख ५, २०७७

विश्‍व अहिले त्रासमा छ। कोरोना भाइरसको कारणले पूरा अर्बौं मानिस अहिले घरमा थुनिएका छन्। चीनमा गत डिसेम्बर ३० बाट फैलिएको कोरोनाका कारण नेपालमा चैत ११ देखि लकडाउन जारी छ। राज्यले लकडाउन घोषणा गरेको अवस्थामा कोरोना भाइरसका संक्रमित पनि बढिरहेका छन्। यतिखेर १६ मुलुकभर विभिन्‍न अस्पतालमा कोभिड-१९ का बिरामीको उपचार भइरहेको छ। यसलाई  रोकथाम गर्ने र उपचार गर्ने स्थान अस्पताल नै हो। यसको उपचारको लागि खट्नेलाई आज 'फ्रन्टलाइनका योद्धा' को रुपमा लिइएको छ। नेपालमा अहिलेसम्म पहिलो संक्रमित निको भएर घर गएका छन्। अन्य १५ जनाको अहिले पनि अस्पतालमा उपचार जारी छ। नेपालका लागि कोरोना उपचारको इपिसेन्टर बनेको छ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। त्यही शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको नेतृत्व गरिरहेका छन् निर्देशक डा. सागर राजभण्डारीले। कोरोनाका बिरामीको उपचारमा जुटिरहेको 'टेकु अस्पताल'का निर्देशक डा. राजभण्डारीसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालका लागि ‘कोरोना अस्पताल’ नै भइसकेको छ। तपाईंलाई मानिसहरुले कोरोना अस्पतालका 'डाइरेक्टर' भन्‍न थालेका छ्न। अहिलेको चुनौतीको कसरी सामना गरिरहनुभएको छ?

चुनौती र अवसरको रुपमा लिएको छु। यो अस्पतालले झण्डै ८४-८५ वर्षदेखि  एकमात्र अस्पताल सुरुमा हैजा अस्पतालको रुपमा विकास भयो। उच्च रुपमा असर गर्ने रोगहरु मलेरिया, कालाजार र डेंगुदेखि लिएर थुप्रै प्रकारका रोगहरु अन्य अस्पतालले व्यवस्थापन गर्न सक्दैन। तिनीहरुलाई पनि लामो समयदेखि व्यवस्थापन गरेको छ। पछिल्लो समयमा कोभिड-१९ को महामारीको अवस्था सिर्जना भएको छ। त्यसलाई हामी अस्पतालका सम्पूर्ण टिम मिलेर व्यवस्थापन गर्नुपर्छ भनेर लामो समयदेखि तयार थियौं। यहाँ 'डेडिकेटेड' डक्टरहरु छन्। अन्य सेवाहरु जस्तै यो अस्पतालले एचआइभीका ८० प्रतिशत बिरामीहरुलाई उपचार गरिरहेको छ। साथै, क्षयरोगका बिरामीलाई पनि उपचार गरिरहेको छ। अहिलेको कोरोना भाइरसको उच्च जोखिमको अवस्थामा त्यस्ता बिरामीलाई अन्य अस्पतालमा सेवा लिन आग्रह गरिएको छ। अहिले कोभिड-१९ भएका र शंकस्पद बिरामीलाई मात्र उपचार गरिरहेका छौँ। अस्पतालको उपचार गर्ने क्षमता बढाउने काम पनि भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-17 13:20:44

प्रतिकृया दिनुहोस्