जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको -यापिड डायग्नोष्टिक टेष्ट ( आरडिटी) नेगेटिभ आएको छ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिए।
'पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको हो' उनले भने, 'जिल्लाका क्वारेन्टाइनमा गत चैत २० गतेबाट मात्र भारत र अन्य देशबाट आएका व्यक्ति बस्न थालेका हुँदा आरडिटी ढिलो शुरु भएको हो।'
जिल्लाको सुदूर–उत्तरवत्र्ती बर्दिवास नगरपालिकामा पनि क्वारेन्टाइन सञ्चालन हुनसकेको छै। यद्यपि बर्दिवास–४ स्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीमा ५५ श्ययाको क्वारेन्टाइन केन्द्रमा १६ जना रहेका छन्। जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जलेश्वरको परिकौलीस्थित रणभीम गणले क्वारेन्टाइन सञ्चालन गरेका छन्।
जिल्लामा ३४० क्वारेन्टाइन श्यया र २६ आइसोलसनकक्ष रहेका छन्। आरडिटी र पिसीआर जाँचपछि आइसोलेसनमा राखिन जलेश्वर अस्पतालमा २० र सेनाको रणभीम गणमा छ श्यया रहेका स्रोतव्यक्ति झाले जानकारी दिए।