कोभिड-१९ : शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा

भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ। 

बिहीबार भरतपुर प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा आमा र छोराको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ।
 
बुधबार -यापिड डायग्नोष्टिक टेष्टका क्रममा दुवै जनाको शङ्कास्पद नतिजा आएको थियो। महिला र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो।
 
उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ। उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ। चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका थिए। 

प्रकाशित मिति: : 2020-04-17 08:50:49

प्रतिकृया दिनुहोस्