बिएल संवाददाता
हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका ५० वर्षीय पुरुषमा कालाजार भएको भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए।
'उहाँ लामो समयदेखि ज्वरोले सिकिस्त हुनुहुन्थ्यो', उनले भने, 'थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल, धनगढी सिफारिस गरेका छौं।'
मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको संक्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखा परेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।
जलवायु परिवर्तनका कारण जीवजन्तु, जिवाणु र परजिवीहरुलेसमेत बसाइसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेका उनको भनाइ छ। तराइका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजीवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ।
दार्चुलामा २०७५ सालमा ४ जनामा कालाजारका बिरामी भेटिएका थिए। यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट टोली आएर अध्ययन समेत गरेको थियो।
कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घटने, थकान महसुस हुने, खानामा रुची नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रंग गाढा हुँदै जानेजस्ता लक्षणहरु देखा पर्ने जिल्ला अस्पतालका चिकित्सक डा गजेन्द्र दुवालले जानकारी दिए।
'कालाजार एक प्रकारको भुसुना (स्यान्ड फ्लाइ) ले टोकेर हुने सरुवा रोग हो' उनले भने, 'रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा यो रोग सार्ने गर्छ।'
लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो। यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।
यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउने जस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया