अमेरिकाले उहानबाट फैलिएकाे काेराेना भाइरस बारे अध्ययन गर्दै

एजेन्सी

न्युयाेर्क

अमेरिकी सरकारले कोरोना भाइरस माहामारी दुर्घटनावश चिनियाँ प्रयोगशालाबाट  चुहिएर संसारभरि फैलिएको सम्भावना बारे अनुसन्धान भइरहेकाे अमेरिकी मिडिया याहू, फक्स न्यूज र सीएनएनले बताएका छन्। सरकारी श्राेतले यी मिडियालाई दिएकाे जानकारी अनुसार कोरोना भाइरस (कोभीड–१९) माहामारी चीनकाे उहान शहरबाट सुरु भएको हो र याे शहरलाई चीनको शीर्ष अनुसन्धान प्रयोगशालाको घर पनि भन्ने गरिन्छ।

अमेरिकी श्राेतले जनाएअनुसार उहान इन्स्टिच्युट अफ भाइरोजीले याे भाइरससम्बन्धी अनुसन्धान गरेको थियाे, जुन चमेराबाट उत्पत्ति भएको दावी गरिएकाे छ।

चिनियाँ सरकारले प्रयोगशालाबाट भाइरस चुहिएकाे भन्ने भनाईलाई ठाडै अस्वीकार गर्दै आइरहेकाे छ र भाइरसको प्रकोप शहरको एउटा भिजेको बजारबाट सुरु भएको भनेर भनेको छ। तर विश्लेषकहरु यस कुरामा सत्यता नभएकाे बताउँछन्। किनभने दावी गरिएअनुसार त्यो बजारमा चमेराको कुनै बेचबिखन नभएको, त्यसैगरी पहिलो बिरामी र अन्य धेरै बिरामीकाे प्रारम्भिक रिपाेर्ट पल्ट्याउँदा पनि बजारदेखि उनीहरुकाे कुनै सम्बन्ध नभएको याहू न्यूजले औंल्याएको छ।

अमेरिकी अधिकारीले भाइरस प्रयोगशालामा सिर्जना गरिएको हो भनेर वैकल्पिक सिद्धान्तले भन्दैन तर यो स्वाभाविक रूपमा हुँदै थियो र यस सम्बन्धि एउटा अध्ययन भइरहेको  बताएका छन्। उनीहरुले चिनियाँ सरकारले अन्वेषणका लागि उहान प्रयोगशालाले गल्तिले जनतामा यो भाइरस सार्वजनिक गरेको हो वा हुनसक्छ श्रमिकको माध्यमबाट जो अन्जानमै संक्रमित भएको थियो, त्याे अध्यनकाे विषय भएकाे बताएका छन्।

याहू न्युजका रिपोर्टर जेन्ना म्याक्लहलिनले आफ्नो रिपोर्टको लागि अनुसन्धानसँग परिचित नौ वर्तमान र पूर्व गुप्तचर र राष्ट्रिय सुरक्षा अधिकारीसँग कुरा गरेकी छन्। उनले लेखेकी छिन् कि चीनले यति छिटो भाइरसको स्रोत एउटा बजारलाई बताउनुको कारण अमेरिकी गुप्तचर समुदायमा शंका उब्जाएको छ। एक रिटायर्ड खुफिया अधिकारीले याहू न्यूजलाई चीनले यति छिटो बजारलाई दोष लगाएको कुरा एकदम रमाइलो लागेको बताएका छन्।

स्रोतका अनुसार, चिनियाँ अधिकारीले प्रयोगशालाबाट ध्यान हटाउन बजारलाई दोष दिए र डाटालाई परिवर्तन गरेर यो कुरालाई सतप्रतिशत दबाए। यस सम्बन्धि नमूना नष्ट भएका छन्, दूषित क्षेत्र सफा भएका छन् र केही प्रारम्भिक रिपोर्ट मेटाइएका छन्।

हालका साता अमेरिकामा कोरोना भाइरसको संक्रमित र मृत्यु संख्या चीनको भन्दा निकै बढिसकेको छ। संकट समाधानको बिषयलाई लिएर रास्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना पनि भएको छ। ट्रम्पले लगातार चीनमा दोषारोपण गर्दै कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेका छन् र चिनियाँ सरकारलाई त्यहाँको प्रकोपको बारेमा झूट बोलेको आरोप लगाएका छन्।
 

प्रकाशित मिति: : 2020-04-17 06:44:07

प्रतिकृया दिनुहोस्