गुणस्तरहीन नुन वितरण गरेपछि साल्ट ट्रेडिङकाे सिंजा डिपो सील

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंजामा सील गरिएको छ।

गत शुक्रबार वितरित नुन गुणस्तरहीन पाइएपछि जिल्ला प्रशासन कार्यालय, जुम्लाले डिपो सिल गरेको हो।

साथै प्रशासन कार्यलायले डिपोलाई वितरित नुनको गुणस्तर सम्बन्धमा ३ दिनभित्र लिखित जानकारी पेश गर्न आइतबार पत्रचार गरिएको थियाे। 

बुधबारसम्म पनि लिखित जवाफ नआएपछि प्रशासन कार्यलयले बिहीबार साल्ट ट्रेडिङको भवन बाहिर रहेको  ४८ बोरा नुनसमेत सील गरेकाे छ।

जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षामा प्रतिकुल प्रभाव पार्ने अवस्थालाई मध्य नजर गर्दै गोदाममा रहेको नुन विक्री वितरण गर्न अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यलयले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-04-16 22:44:16

प्रतिकृया दिनुहोस्