काठमाडौंको मुख्य प्रशासनीक केन्द्र सिंहदरबार । धेरैलाई लाग्छ – सिंहदरबार सुन्दर होला, रमाइलो होला। मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार यतिखेर ढकमक्क फूलहरूले सजिएको छ।
२०७२ सालको भूकम्पले चिरा चिरा परेको सिंहदरबार परिसर संसारभर फैलिएको कोरोना त्रास बिच पनि थरिथरीका फूलहरूले सजिएको छ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली जग्गालाई उद्यानको रुपमा विकास गर्ने गरी विशेष प्रजातिका बिरुवा रोपेर फूलबारीको सुरूआत गरेका थिए।
सरकारले तत्काल सिंहदरबारमा परिसरभित्र रोज गार्डेन, साइटिस गार्डेन, र हर्बल गार्डेनको निर्माण गर्ने योजना बनाएको थियो। सोही अनुरूप आज हेर्दा सिंहदरबार एउटा ठूलो फूलबारी जस्तै बनेको छ।
वसन्त ऋतुलाई यसै पनि मनमोहक ऋतुको रुपमा लिने गरिन्छ। किनकि, यो ऋतुमा वातावरण हरियाली हुन्न। अनि मनमोहक फूलहरु पनि यसै ऋतुमा फुल्ने गर्छन्।
वसन्त ऋतु शुरू भए सँगै काठमाडौंका विभिन्न स्थानमा पनि मनमोहन फूल फुल्न थालिसकेका छन्।
फूल फुलेपछि सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका छन्।
यसै बिच न्यूज एजेन्सी नेपालले बिहिबार सिंहदरबार परिसर नियाल्दा देखेका सुन्दर फूलबारी। तस्बिरहरू-