उर्लाबारी परिवार हङकङले नमूना बाल गृहलाई १ लाख ३ हजार बराबरको खाद्यान्य, ग्याँस र स्कूल ड्रेस सहयोग गरेको छ ।
बिहिबार उर्लाबारी परिवार हङकङका संस्थापक अध्यक्ष पूर्ण वाइबा, कोषाध्यक्ष देवी लामा घिसिङ र सदस्य अनु योञ्जनले संयुक्त रुपमा उक्त सामाग्री गृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गरेकी हुन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि उर्लाबारी–७ स्थित उक्त बाल गृह समस्यामा परेको थियो। गृहका आश्रित ४३ जना बालबालिकाहरुलाई २७ हजार ५ सयको स्कुल ड्रेस, १७ हजार १ सयको १२ थान ग्याँस र ५८ हजार ४ सयको खाद्यान्य सामग्री प्रदान गरिएको संस्थापक अध्यक्ष वाइबाले जानकारी दिए।
गृहकी अध्यक्ष मिनादेवी बरालले संकटको घडीमा उल्लेख्य परिमाणमा सहयोग सामग्री उपलब्ध गराइदिएकोमा उर्लाबारी परिवार हङकङप्रति कृतज्ञता प्रकट गरिन्।
गृहमा आश्रित बालबालिकाहरुलाई लागि केही सहयोग होस् भन्ने हेतुले सहयोग गरेको उर्लाबारी हङकङ परिवारका अध्यक्ष रञ्जित कार्कीले बताए। उनका अनुसार उर्लाबारी नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक लाख २० हजार पाँच सय बराबरको खाद्य सामग्री प्रदान गरेको छ । उक्त संस्थाले केही दिनअघि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई १ हजार आठ सय केजी चामल, दुई सय केजी दाल, एक सय लिटर तेल, सय केजी नून र सय थान साबुन हस्तान्तरण गरिएको थियो।
उर्लाबारी परिवार हङकङले यसअघि पनि स्थानीयलाई विपदको अवस्थामा उल्लेख्य सहयोग पुर्याउँदै आएको छ।