बेलायतमा कोरोना भाइरसबाट गर्भवती नर्सको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतमा कोरोना भाइरसबाट एक गर्भवती नर्सको मृत्यु भएको छ।

बेलायतको लुटन एण्ड डन्स्टेबल युनिभर्सिटी हस्पिटलमा २८ वर्षीया मेरी एगुवा एग्यापोङको आइतबार मृत्यु भएको हो। 

उनी पाँच वर्षदेखि सोही अस्पतालमा कार्यरत थिइन्।

उनको मृत्यु हुनुअगाडि नै अपरेशन गरेर पेटमा भएको बच्चालाई जन्म दिइएको इण्डिपेन्डेन्ट न्यूजले जनाएको छ। तर उनको नवजात शिशुको अवस्था ठीक छ। 

अस्पतालकी प्रवक्ताले अहिले बच्चाको अवस्था निकै राम्रो रहेको बताएकी छिन्। तर यस विषयमा थप जानकारी भने दिइएको छैन।

एग्यापोङ कोरोनाको संक्रमण देखिएको दुईदिनपछि अप्रिल ७ मा अस्पतालमा भर्ना भएकी थिइन्।
 

प्रकाशित मिति: : 2020-04-16 11:01:04

प्रतिकृया दिनुहोस्