चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय

 सरकारले कोरोना संक्रमितको पहिचान र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री चीन सरकारसँग खरिद गर्ने भएको छ। कोभिड–१९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिटुजी तहमा चीनसँग स्वास्थ्य सामग्री किन्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

समितिका सचिव नारायणप्रसाद बिडारीले चीनसँग जिटुजी तहमा (सरकार–सरकारबीच) स्वास्थ्य सामग्री खरिद गर्ने निष्कर्षमा बैठक पुगेको जानकारी दिए। स्वास्थ्य र परराष्ट्र मन्त्रालयको टोलीले बुधबार चिनियाँ अधिकारीसँग भिडियो कन्फरेन्स गरी आवश्यक उपकरण र औषधिबारे जानकारी गराएको छ। कन्फरेन्सका क्रममा स्वास्थ्य सामग्रीको दरभाउ विषयमा पनि कुराकानी भएको जानकारी बिडारीले दिए। समितिले निजी क्षेत्रबाट हुने उपकरण र औषधि खरिदमा पनि सहजीकरण गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: : 2020-04-16 09:45:21

प्रतिकृया दिनुहोस्