इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ। विगत ६ महिनादेखि उपचाररत ५५ वर्षीय चौधरीको गए राति निधन भएको हो।
एक वर्षअघि भारतबाट उपचार गराएर फर्किएका उनी पछिल्लो समय गम्भीर बिरामी भएका थिए। नोबेल अस्पताल विराटनगरमा नियमित उपचार गराईरहे पनि पित्तथैलीको क्यान्सर भएकाले उपचार सम्भव नभएको परिवारले जनाएको छ।
उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए। उनको बिहीबार बिहान १० बजे इटहरीको गंगाजमुना मुक्ति घाटमा परम्पराअनुसार दाहसंस्कार गरिदैछ। चौधरीका २ छोरी, १ छोरा र श्रीमती छन्।