कोरोनाको महामारी रोक्न सैन्य सङ्घर्ष रोक्नुपर्छ: फ्रान्सका राष्ट्रपति माक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोनले विश्वभरमा भइरहेको सबै सैन्य सङ्घर्ष रोक्नुपर्ने बताएका छन् । 

एक अन्तवार्तामा संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरसको अपिलको समर्थन गरेका गर्दै उनले कोरोना भाइरसको महामारी रोक्नका लागि सैन्य सङ्घर्ष रोक्नुपर्ने बताएका हुन्।

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का सबै पाँच देशले यो अपिलको समर्थन गर्नुपर्नेमा माक्रोनले जोड दिएका छन् । यसअघि पनि राष्ट्र सङ्घले पटक पटक विश्वमा भइरहेका युद्ध तत्काल रोक्न माग गर्दै आएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण २० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । 

अमेरिकामा मात्र कोरोना भाइरसबाट ६ लाख २० हजारभन्दा धेरै संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा २७ हजार सात सयभन्दा धेरैले ज्यान गुमाएका छन् । 

यता फ्रान्समा कोरोनाको संक्रमणबाट १७ हजार एक सयभन्दा धेरैको ज्यान गएको छ । 

प्रकाशित मिति: : 2020-04-16 07:56:28

प्रतिकृया दिनुहोस्