कोरोना भाइरस संक्रमितहरुको पहिचानमा एनसेलले सहयोग पुर्याउन युएसएसडी माध्यमबाट सर्वेक्षण सुरू गरेको छ।
उक्त सर्वेक्षणमा भाग लिने व्यक्तिले युएसएसडी कोड *१७१००# डायल गरी प्राप्त प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। त्यसपछि भाग लिने व्यक्तिको स्वास्थ्य अवस्थालाई मिल्ने सुझावसहित सरकारले तोकेको हेल्पलाइन नम्बर र एनसेलको हटलाइन नम्बरबाट एसएमएस प्राप्त हुन्छ।
उक्त नम्बरबाट चिकित्सकसँग कोरोना भाइरससम्बन्धी निःशुल्क परामर्श लिन सकिने एनसेलले जनाएको छ।
यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको एनसेलले जनाएको छ।
आफै परीक्षण गरेर चिन्ता हटाऔं !
— Ncell (@Ncell) April 15, 2020
*१७१००# डायल गरी आफूलाई कोरोनाभाइरस संक्रमण भए/नभएको परीक्षण गरेर आफू, परिवार, समुदाय र देश सुरक्षित राख्न सहयोग गरौं ।#CoronaMathiJeet #StayHomeStaySafe pic.twitter.com/D9ZbJMgTEH