भारतमा कोरोनाबाट ३७७ को मृत्यु, महाराष्ट्रमा बुधबार मात्रै ११७ संक्रमित थपिए

भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ११ हजार ४३९ पुगेको छ। यस्तै हालसम्म यस रोगको संक्रमणबाट ३७७ जनाको मृत्यु भएको छ।

महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का ११७ जना संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको स्वास्थ्य विभागले जनाएको छ । महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 
 
महाराष्ट्रपछि नयाँ दिल्लीमा ६६, पुणेमा र ४४ संक्रमित भेटिएका छन् । मुम्बाई अस्पतालका १० जना सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । यसपछि भारतभरी ३५ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् ।

यसका साथै  तमिलनाडु, राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढलगायतका राज्यहरुमा पनि कोरोनाका संक्रमितहरु भेटिएका छन् ।

भारतमा १ हजार ३०६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति: : 2020-04-15 22:58:13

प्रतिकृया दिनुहोस्