रुकुम पश्चिमबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि संकलन गरिएका ३९ वटा नमुना मध्ये २ जनाको रिपोर्ट शंकास्पद देखिएको छ।
उनीहरु दुबैकाे नमुन थप परीक्षणका लागि पुनः स्वाव संकलन गरि केन्द्रीय प्रयोगशालामा पठाउन लागिएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।
उनका अनुसार शंकास्पद रिपोर्ट देखिएका दुबै जना केही समय अघि भारतबाट फर्केको र उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालकाे आइशोलेशनमा राख्ने तयारी भइरहेको छ।