भारतको ग्रेटर नोयडामा मंगलवार राति लुडो खेल्दै गर्दा एक युवकले अर्कालाई गोली प्रहार गरेका छन्। सैंथली मन्दिरमा चारजना युवक लुडो खेलिरहेका थिए। प्रशान्त नामक युवकलाई अचानक खोकी लाग्यो । त्यसपछि जयवीर नामक युवकले भने, ‘कोरोना फैलाउँछस् ?’
दुवैजना झगडा गर्न थाले । त्यसपछि जयवीरले प्रशान्तलाई गोली हाने । गोली प्रशान्तको तिघ्रामा लाग्यो । जयवीर फरार छन् ।
प्रहरीले प्रशान्तलाई कैलाश अस्पतालमा भर्ना गरेको छ । चिकित्सकहरूका अनुसार, प्रशान्त खतरामुक्त छन् । आरोपितमाथि उजुरी दर्ता गरिएको प्रहरीको भनाइ छ ।