घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?

लकडाउन लम्बिएर आज हामी तेस्त्रो सातासम्म आइपुगेका छौं। आजै बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समयावधि वैशाख १५ सम्म पुर्‍याएको छ।

यस्तै रही राख्ने हो भनि अझ एक दुई साता घरमै बस्नुपर्ने स्थिति आउने निश्चित छ। यस परिस्थितिमा हामी सबै चिन्तित छौं, मुख्य त अभिभावकलाई आफ्नो नानीबाबुको पढाईलाई लिएर चिन्ता होला।

सामान्य अवस्था भएको भए, यो बेला विद्यालयको नयाँ शैक्षिक सत्र सुरू हुने बेला हो। तर, कारणवश ढिला सुरू हुने कुरा त छँदैछ सँगसँगै घरमै बसेको समयलाई कसरी प्रोडकटिभ बनाउने भन्ने पनि छ।

विभिन्न देशमा अभिभावकले 'होम स्कुलिङ्' को पनि सुरुवात गरिसकेका छन्। यस्तो समयमा कसरी सिक्ने र सिकाउने भन्ने कुरा पनि मन म उठिरहेको होला।

त्यसैले  यो अप्ठेरो  घडीमा  पनि हामी  हाम्रो  तर्फबाट हर  सम्भव  उपयोगी  हुन  चाहन्छौं।  अनि  सहयोग  गर्न  चाहन्छौं। कारखानाले धेरै  विद्यालय  व्यवस्थापक  अनि  अभिभावकको  सुझावलाई  लिएर ,  केहि  घर  मै  बसेर अनलाइन मार्फत  उपयोग  गर्न  मिल्ने  श्रोतहरु  बनाएका  छ।

 यसमा केही  भिडियो, केही लेख , केही  अन्तरवार्ता, केहि अनलाइनमा  सिक्ने  सामग्रीहरुको  निर्माण  तथा  संकलन  गरेको छ।  धेरै  विज्ञ, विभिन्न  श्रोतसँगको  सहकार्यमा  कारखाना  टिमले  दिन  रात  गरी  यो  सबै  सिकाईका श्रोत, अनि  सिकेका अनुभवको  निर्माण  गरेको जानकारी दिएको छ।

यी निःशुल्क सामग्री विशेष गरी नानि बाबुको लागि सिकाई निरन्तर राख्न सहयोग पुर्‍याउने विभिन्न विज्ञानसँग जोडिएको अर्थात् घरमै बसेर बनाउन मिल्ने, स्टेप बाइ स्टेप निर्देशनहरू छन्।

यसबाट नानीबाबुले रमाइलो र क्रीएटिभ कुरा बनाउँछन् र सँगसँगै विज्ञान पनि सिक्छन्।

त्यसै गरी यो अप्ठेरो  घडीमा भावनात्मक स्वस्थताको लागि कारखानाले विज्ञसँग मिलेर केहि भिडियो सामग्रीहरु पनि तयार गरेको छ।

यो सबै अनलाइन  र  डिजिटल सामग्री  नि:शुल्क  पाइने कारखानाले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-14 19:09:05

प्रतिकृया दिनुहोस्