भिषण असिनापानी : करोडौँको बालीमा नोक्सान

असिनापानीका कारण पर्वत र बागलुङमा करोडौँको क्षति पुगेको छ।
 
पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा गए राति भीषण असिनापानी परेका कारण करोडौँको क्षति पुगेको हो। 

यस वर्ष यो चौथोपटक ठूलो असिना परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए।

'यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ' उनले भने, 'सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पु¥याएको छ।' 

पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो। ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ। खेतबारीकै मकैमा असिनाले असर पु¥याएको छ। त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकको गुनासो छ।
 
झण्डै आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका वडा नं ८ चित्रेकी सुशीलादेवी गुरुङको भनाइ छ।

प्रकाशित मिति: : 2020-04-14 14:08:36

प्रतिकृया दिनुहोस्