सीके राउतले बजाए घण्टी र शंख, कार्यकर्ताले ठट्याए थाली ! (भिडियाे)

कोरोना भाइरसविरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले घण्टी र शंख बजाएका छन्।

मधेशमा मंगलबार सिरुवा पर्वको अवसर पारेर उनले जनकपुरधामस्थित आफ्नै निवासमा घण्टी र शंख बजाएका हुन्।

कोरोनाबिरुद्ध लड्न अग्र मोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद ज्ञापन गर्न एकता प्रदर्शन गरिएको राउतले बताएका छन्।

उनकै आह्वानमा जनत पार्टिका कार्यकर्ताहरुले सामूहिक रुपमा बिभिन्न जिल्लामा बिहान ७ बजेर ७ मिनेटमा थाली, ताली, घन्ट, शंख, सिटी बजाएका थिए।

 

प्रकाशित मिति: : 2020-04-14 10:11:09

प्रतिकृया दिनुहोस्