चम्किँदै ताङतिङ   

प्रकृतिको बरदान पाएको कास्कीको एउटा पहाडी गाउँ । अन्नपूर्ण र लमजुङ हिमालको उज्यालोमा झलमल्ल गाउँ । पाहुनालाई सधैं हदृय खोलेर स्वागत गर्छ ताङतिङ । 

मादी गाउँपालिका–२, ताङतिङ (१,१६५ मिटर)मा २०० घर छन् । करिब हजार जनसङ्ख्या रहेकामा गुरुङ ९० प्रतिशत र बाँकी १० प्रतिशत दलित छन् । ताङतिङ ग्रामीण पर्यटन, एकीकृत खेतीपाती, पशुपालनको अति सम्भावना बोकेको विकासका दृष्टिले नमुना गाउँ हो । गाउँमा ग्रामीण जीवनशैलीको सुवास पाइन्छ । गाउँ वरपर क्रबुडाँडा, नौचुडाँडा आदि धेरै ठाउँ छन् हाइकिङ गर्न ।

पाहुनाको सत्कार गर्न सिपालु छन् ताङतिङे । गाउँको सामुदायिक होमस्टेका १४ घर र ६ वटा होटलले पाहुनालाई आत्मीय वातावरणमा खानपिन गराउँछन् । साँझ समाजघरमा मादलुको घिन्ताङघिन्ताङसँगै नाचगान चल्छ । गाउँलेहरू पाहुनालाई पनि नचाउँछन् । 

दुई रात ताङतिङ बस्ने गरी यात्रा योजना बनाउनु पर्छ । यतिवेला विश्व कोरोना भाइरसको सन्त्रासमा छ । कोरोना आतंक सधैं रहनेछैन । एकदिन हामी कोरोनालाई पराजित गर्नेछौं । त्यसपछि घुम्ने सूचीको १ नम्बरमा ताङतिङलाई राख्नुस् है । ताङतिङ सधैं तपाइँको पखाईमा छ । 

कसरी पुग्ने ः काठमाडौँ–पोखरा २०० किमि । पोखरा उपमहानगरपालिका–१३ काहुँखोलाबाट उत्तरपूर्वमा २१ किमिमा ताङतिङ गाउँ ।

काहुँखोलाबाट ताङतिङसम्म बस र जिप चल्छन् । होमस्टे र होटललाई पहिल्यै खबर गरेर घाम नडुब्दै गाउँ पुग्दा सजिलो हुन्छ ।  

यो पनि हेर्नुहोस्

वाह ताङतिङ!

सम्पर्क

  • प्रकाश गुरुङ–९८५६०२८८२७
  • पसमाया गुरुङ–९८४६२९३०३६ 
  • पुर्णसुबा गुरुङ–९८४६४४९०९५

प्रकाशित मिति: : 2020-04-14 09:06:42

प्रतिकृया दिनुहोस्