भाटभटेनी सुपर स्टोर प्रालिले सुदूरपश्चिम प्रदेश सरकारलाई रु २५ लाख सहयोग गरेको छ। कोभिड–१९ को परीक्षण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई रु सो रकम सहयोग गरेको हो।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगर मार्फत प्रालिले उक्त रकम सहयोग गरेको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जानकारी दिए। मन्त्री मगरलाई आइतबार रु २५ लाखको चेक हस्तान्तरण गरेको उनको भनाइ छ।